अफ्रिका र सिरियामा आईएस र अलकायदाको खतरा बढ्यो : राष्ट्रसंघ

एजेन्सी, १५ साउन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा पेस गरिएको एक नयाँ प्रतिवेदनमा इस्लामिक स्टेट (आईएस) र अलकायदाजस्ता उग्रवादी संगठनको खतरा अफ्रिकाका केही भागमा सबैभन्दा बढी रहेको उल्लेख छ ।

सिरियामा पनि यस्तो खतरा तीव्र रूपमा बढिरहेको विज्ञले बताएका छन् । प्रतिवेदनमा दुवै आतंकवादी संगठनले सिरियालाई भविष्यका निम्ति रणनीतिक केन्द्रका रूपमा हेरिरहेको र त्यहाँबाट बाहिरी आक्रमण सञ्चालन गर्न सक्ने जनाइएको छ ।

पश्चिम अफ्रिकामा अलकायदासँग सम्बन्धित समूह जमात नुसरत अल–इस्लाम वल–मुस्लिमीन (जेएनआईएम) र पूर्वी अफ्रिकामा अलशबाबले आफ्नो प्रभाव क्षेत्र निरन्तर विस्तार गरिरहेका प्रतिवेदनमा उल्लेख छ । मध्यपूर्वमा कमजोर भएपछि इस्लामिक स्टेटले अफ्रिकामा ध्यानकेन्द्रित गरेको जनाइएको छ ।

सिरियामा बशर अल असद सत्ताबाट हटेको ६ महिना बितिसक्दा पनि स्थिति अस्थिर भएको र त्यहाँ दुवै आतंकवादी संगठनको खतरा बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ डिसेम्बरमा दमास्कस कब्जा गर्ने सैन्य कारबाहीमा पाँच हजारभन्दा बढी विदेशी आतंकवादी संलग्न रहेका जानकारी पनि त्यसमा उल्लेख भएको जनाइएको छ ।

विज्ञले युरोप र अमेरिकाका निम्ति इस्लामिक स्टेटको खतरा अझै गम्भीर रहेको बताएका छन् । अमेरिकामा सामाजिक सञ्जाल र इन्क्रिप्टेड प्लेटफर्ममार्फत कट्टरपन्थ फैलाएको घटना आईएसआईएसबाट भएको पाइएको उल्लेख छ । प्रतिवेदनका अनुसार, न्यु अर्लिन्समा एक आक्रमणमा १४ जनाको मृत्यु भएको र मिसिगनमा एउटा सैन्य अखडामा त्यस्तो हमलाको योजना असफल पारिएको थियो ।

इस्लामिक स्टेटलाई रकम संकलनमा समस्याको सामना गर्नुपरेको पनि उल्लेख छ । आईएस लडाकुको तलब ५०–७० डलर प्रतिमहिनासम्म घटाइएको छ । त्यो पहिलाको भन्दा धेरै कम हो । परिवारलाई दिइने रकम पनि अब केवल ३५ डलर छ । त्यो पनि नियमित रूपमा उपलब्ध नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न