क्यानडाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने

एजेन्सी, १५ साउन । प्रधानमन्त्री मार्क कार्नीले क्यानडाले सेप्टेम्बरमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने योजना बनाएको जानकारी दिएका छन् ।

यससँगै क्यानडा हालैका दिनहरूमा यस्तो घोषणा गर्ने तेस्रो जी सेभेन राष्ट्र बनेको छ । कार्नीले यो कदम प्यालेस्टिनी प्राधिकरणले अर्को वर्ष हमासको सहभागिता बिना चुनाव गराउने लगायतका लोकतान्त्रिक सुधारहरूमा निर्भर रहने बताएका छन् ।

उनको यो भनाइ बेलायतले इजरायलले युद्धविराम र अन्य सर्तहरूमा सहमति नजनाए सेप्टेम्बरमा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको एक दिनपछि र फ्रान्सले यस्तै योजना सार्वजनिक गरेको एक हप्तापछि आएको हो ।

इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई ‘हमासका लागि पुरस्कार’ भन्दै अस्वीकार गरेको छ। संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १४७ भन्दा बढी देशहरूले औपचारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।

कार्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताए। उनले कब्जा गरिएको वेस्ट बैंकमा इजरायली बस्तीहरूको विस्तार, गाजामा बिग्रँदै गएको मानवीय अवस्था, र ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणलाई क्यानडाको विदेश नीतिमा आएको यो नाटकीय परिवर्तनको कारण बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न