अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध

अस्ट्रेलिया, १४ साउन । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ । यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो ।

डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने यो नियमका बारेमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सूचनामन्त्री एनिका वेल्सले राजधानी क्यानबेरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

सरकारले घोषणा गरेको प्रतिबन्धअन्तर्गत युट्युबमा उमेर अनुकूलको भिडियो हेर्न भने पाइनेछ तर आफ्नो नाममा खाता सञ्चालन गरेर भिडियोलगायतका सामाग्री राख्न पाइनेछैन । सरकारले गत वर्षको नोभेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई टिकटक, फेसबुक, स्नापच्याट, एक्स चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर उक्त समयमा युट्युबलाई भने उक्त प्रतिबन्धमा राखिएको थिएन ।

तर अहिले आएर सरकारले युट्युबलाई समेत प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विश्वमै पहिलो भनिएको ‘एज रेस्ट्रिक्टेड सोसल मिडिया प्लेटफर्म’ कानुनअनुसार तोकिएको उमेरमुनिका बालबालिकालाई खाता खोल्न नदिन आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको