एएफसी यू–२० महिला एशियन कप छनोट खेल्ने टोली घोषणा

काठमाडौँ, १२ साउन । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् । टोलीले आउँदो भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन् ।

छनोट चरणमा हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष आयोजना हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ । 

नेपालको अन्तिम टोली

गोलकिपर : लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ

डिफेन्डर : सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया

मिडफिल्डर : कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार

फर्वार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्ष्या मगर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको