एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण पोखरामा हुने

काठमाडौँ, ९ साउन । एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण पर्यटकीय राजधानी पोखरामा हुने भएको छ ।

नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा प्रत्येक वर्ष हुँदै आएको यो अवार्ड भदौ अन्तिम साता पोखरामा हुने भएको हो । 

मञ्चले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अवार्डको २२औँ संस्करण भदौ २९ गते हुने जनाएको हो । अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव अञ्जन खड्काले बताए । 

वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहने महासचिव खड्काले जनाए । 

अवार्डका निम्ति खेलाडी छनोट गर्न समिति समेत बनाइसकेको मञ्चले जनाएको छ । अवार्डको उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसमा समान पाँच खेलाडी मनोनयन गरिने महासचिव खड्काले बताए । यी पाँच विधाका विजेता समान एक थान बजाज पल्सर मोटरसाइकल पाउने छन् । 

यस्तै, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी इयर र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले समान एक लाख रुपैयाँ पाउने छन् । 

यस्तै, शुक्रबारको कार्यक्रममा अवार्डको प्रमुख प्रायोजक गोल्छा समूह र मञ्चबीचको सम्झौतासमेत नवीकरण भएको छ । सम्झौताअनुसार, गोल्छा समूहले आगामी पाँच वर्षसम्म एनएसजेएफ अवार्डलाई मुख्य प्रायोजन गर्नेछ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको