करिब ५० जना बोकेको रुसी विमान बेपत्ता

एजेन्सी, ८ साउन । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रु विमान हराएको छ ।

रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।

विमानमा पाँच बालबालिका र ६ चालक दलका सदस्यसहित ४३ जना रहेको खुलेको छ । “विमानको खोजीका लागि सबै स्रोत परिचालन गरिएको छ,” क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममा भनेका छन् । रोयटर्सका अनुसार, आपत्‌कालीन मन्त्रालयले  विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

दोस्रोपटक अवतरण प्रयासको क्रममा विमान हराएको समाचारमा उल्लेख छ । विमानले पहिलोपटक टिन्डा विमानस्थलमा गरेको अवतरण प्रयास असफल भएको थियो ।

“अंगारा एयरलाइन्सको एन–२४ ले टिन्डा विमानस्थल नजिकैको तोकिएको चेकपोइन्टमा सम्पर्क गर्न असफल भयो,” स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले भनेको छ ।

टिन्डा मस्कोबाट करिब ६ हजार ६०० किलोमिटर पूर्वमा अवस्थित छ । इन्डिपिन्डेन्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न