अमेरिकी राष्ट्रपति ट्रम्पलाई चीन भ्रमणको निम्तो

एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उनलाई चीनका राष्ट्रपति शी जिनपिङले भ्रमणको लागि निम्तो दिएको बताएका छन । साथै उनी चाँडै चीन जान सक्ने बताएका छन् ।

पत्रकार  सम्मेलनमा बोल्दै उनले भने, “राष्ट्रपति शीले मलाई चीन आउन निम्तो दिएका छन्। हामी सायद धेरै चाँडै त्यहाँ जानेछौँ ।”

मिडिया रिपोर्टहरूका अनुसार, डोनाल्ड ट्रम्प र शी जिनपिङका सहयोगीहरूबीच यो वर्षको अन्त्यमा सम्भावित भेटघाटको विषयमा कुराकानी भइसकेको छ । यो भ्रमण ट्रम्पको एसिया भ्रमणको क्रममा हुन सक्छ । राष्ट्रपति ट्रम्पले उनी चीनसहित धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा कुराकानी गर्न तयार भएको पनि बताएका छन् । 

यद्यपि, उनले भ्रमणको ठोस मिति भने खुलाएनन् । यो भेट यस्तो समयमा हुन लागको छ जब ट्रम्पले हालका हप्ताहरूमा चीनप्रति केही नरमपन देखाएका छन् । 

उनले अमेरिका र चीनबीच चलिरहेको ट्यारिफ (कर) युद्धलाई हाललाई रोकेका छन् । यसले विश्व व्यापार र आपूर्ति शृङ्खलामा केही राहत देखिएको छ ।  

यता, चीनबाट पनि सम्बन्ध सुधार्ने संकेतहरू प्राप्त भएका छन्। गत शुक्रबार चीनका वाणिज्य मन्त्री वाङ वेनताओले उनको देशले अमेरिकासँग व्यापारिक सम्बन्धलाई स्थिर आधारमा ल्याउन चाहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न