अमेरिका भ्रमण गर्नेले अब २५० डलर ‘भिसा इन्टेग्रिटी कर’ तिर्नुपर्ने

एजेन्सी, ६ साउन । अमेरिका भ्रमण गर्दा अब हालको भिसा आवेदन शुल्कमा थप २५० डलरको नयाँ ‘भिसा इन्टेग्रिटी कर’ तिर्नुपर्ने भएको छ । 

यो नयाँ कर ट्रम्प प्रशासनको हालै पारित भएको घरेलु नीति विधेयकको एक प्रावधान अनुसार लगाउन लागिएको समाचार संस्था सीएनएनले जनाएको छ ।  यो कर अमेरिकामा प्रवेश गर्ने गैरआप्रवासी भिसा प्राप्त गर्ने सबै व्यक्तिहरूलाई लागु हुनेछ ।

यो प्रावधनमा धेरै पर्यटक र व्यवसायिक यात्रु, अन्तर्राष्ट्रिय विद्यार्थी र अन्य अस्थायी आगन्तुकहरूलाई समेत समावेश हुने बताइएको छ । अमेरिकी विदेश मन्त्रालयलको तथ्यांकअनुसार सन् २०२४ को आर्थिक वर्षमा, अमेरिकाले करिब एक करोड १० लाख गैरआप्रवासी भिसाहरू जारी गरेको थियो । यसमा भिसा छुट कार्यक्रममा समावेश भएका देश, जस्तै अस्ट्रेलिया र धेरै युरोपेली देशहरूका पर्यटक र व्यवसायिक यात्रुलाई ९० दिन वा त्यसभन्दा कम समयको बसाइका लागि भिसा आवश्यक नपर्ने बताइएको छ । 

सीएनएनका अनुसार भिसा जारी गर्दा यो शुल्क तिर्नुपर्ने र कुनै पनि मिनाहा नहुने बताइएको छ । भिसाको सर्तहरू पालना गर्ने यात्रुले यात्रा समाप्त भएपछि यो शुल्क फिर्ता पाउनसक्ने बताइएको छ । अमेरिकाको ह्युस्टनस्थित रेड्डी न्यूम्यान ब्राउन पीसीका साझेदार आप्रवासन वकिल स्टिभन ए. ब्राउनले यो करलाई फिर्तायोग्य सुरक्षा निक्षेप भएको बताएका छन् । फिर्ता प्राप्त गर्ने प्रक्रिया भने अझै स्पष्ट नभएको ब्राउनले औंल्याए । 

“करको उद्देश्यको बारेमा भन्न गाह्रो छ,” ब्राउनले सीएनएनलाई इमेलमा भने । “सामान्यतया, आप्रवासन करहरूले निर्णय वा जारी गर्ने खर्चहरू कभर गर्छन्,” तर उनले फिर्ता प्रावधानले प्राप्त सबै करहरू फिर्ता गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।
  
यो नयाँ कर लागु गर्ने निकाय, होमल्यान्ड सिक्योरिटी डिपार्टमेन्टले फिर्ता प्रक्रिया वा नीतिको कार्यान्वयनको कुनै पनि पक्षबारे अझै विवरण नदिएको बताएको छ । सीएनएन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन