गुराँस नानीलाई दुर्गेशको मोबाइल उपहार

काठमाडौँ, ४ साउन । गायक दुर्गेश थापा ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बनेका थिए ।

ब्राण्ड एम्बेसडर बनेबापत उनले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाएका थिए । तर, दुर्गेशले यो फोन मोडल गुराँस नानीलाई उपहारस्वरुप दिने भएका छन् ।

गायक थापा अहिले अस्ट्रेलिया टुरमा छन् । अस्ट्रेलियाबाटै स्टाटस लेख्दै दुर्गेशले आफूले उक्त फोन गुराँस नानीलाई गिफ्टस्वरुप दिने बताएका छन् । उनी लेख्छन्, ‘गुराँस ननी, हजुरको सपना, कलाकारिताको चाहना र हजुरको शैलीलाई मन पराएर नै हामीले पछिल्लो समय हजुरसँग सहकार्य गर्‍यौं, जसले खनिकै सफलता प्राप्त गरेको छ । म ‘अनर’ मोबाइको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो एक्स सिक्स सी फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ । अब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान – दुर्गेश थापाको तर्फबाट ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व