राजेश हमाल कर्णाली एसभीएसको ‘ब्रान्ड एम्बेस्डर’

काठमाडौँ, ३ साउन । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो सिजनका लागि कर्णाली एसभीएसले महानायक राजेश हमाललाई  आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।

कर्णाली एसभीएसका व्यवस्थापक  लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।   

कर्णाली एसभीएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए । त्यस्तै महानायक हमालले कर्णाली एसभीएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुसी व्यक्त गरे ।

हमालले आफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने भलिबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरूले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली  कर्णाली एसभीएसले यो वर्ष पनि बाजी मार्ने विश्वास  व्यक्त गरे ।

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा