एयर इन्डिया विमान दुर्घटनाः प्रारम्भिक रिपोर्टमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह

एजेन्सी, २ साउन । एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताउँदै ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो’ (एएआईबी) ले प्रारम्भिक रिपोर्टकै आधारमा निष्कर्ष निकाल्न हतार नगर्न आग्रह गरेको छ ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एएआईबीका महानिर्देशक जी.भी.जीं युगंधरले एक भने, ‘केही अन्तर्राष्ट्रिय मिडियाले अपुष्ट सूचनाका आधारमा पाइलटमाथि दोष देखाउने रिपोर्ट सार्वजनिक गरिरहेका छन्, जुन गैर(जिम्मेवारपूर्ण कार्य हो ।’

गत १२ जुनमा अहमदाबादबाट लन्डनकाे गैटविक एयरपोर्ट जाँदै गरेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडानपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति