सावित्राले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने

काठमाडौँ, १ साउन । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन् ।

उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन् । वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ ।

क्लबले सावित्रा क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ता भएको र उनलाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्वपूर्ण कदम भएको बताएको छ ।

उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा