अभिनेत्री रान्या रावलाई एक वर्षको जेल सजाय

नयाँ दिल्ली, १ साउन । कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ ।

यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन  सल्लाहकार बोर्डले पारित गरेको हो । यो मुद्दामा रान्यासँगै अन्य दुई जना अभियुक्त पनि मुछिएका थिए ।

आदेश अनुसार, तीनै जनालाई एकेक वर्षको जेल अवधिमा जमानतको लागि आवेदन दिने अधिकारबाट वञ्चित गरिएको छ । अर्थात् उनीहरूमध्ये कसैले पनि सम्पूर्ण सजाय अवधिभर जमानतको लागि आवेदन दिन सक्ने छैनन् । 

रान्या फिल्म ‘माणिक्य’मा कन्नड सुपरस्टार सुदीपको अपोजिट भूमिकाका लागि परिचित छिन् । उनले अन्य दक्षिण भारतीय फिल्महरूमा पनि काम गरेकी छिन् । रान्यालाई यही वर्षको मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ दशमलव ८ किलो सुनसहित राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको थियो । बारम्बार अन्तर्राष्ट्रिय यात्रा गरेको कारण डीआरआईले निगरानीमा राखेको थियो ।

मार्च ३ को राति एमिरेट्सको उडानमा दुबईबाट बेंगलुरु आइपुगेकै समयमा उनलाई पक्राउ गरिएको थियो । रान्याले शरीरमा धेरैजसो सुन लगाएको र उनले आफ्नो लुगामा सुनका बारहरू लुकाएको डीआरआईका अधिकारीहरूले बताएका थिए । रान्याका सौतेनी बुबा रामचन्द्र राव एक वरिष्ठ आईपीएस अधिकारी हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व