अलास्कामा शक्तिशाली भूकम्प

एजेन्सी, १ साउन । अमेरिकाको अलास्का राज्यको दक्षिणी तट क्षेत्रमा बुधबार आएको ७.३ म्याग्निच्युडको भूकम्पपछि जारी गरिएको सुनामी चेतावनीलाई केहीबेरमा नै एडभाइजरीमा झारिएको छ ।

अमेरिकी नेसनल वेदर सर्भिस (एनडब्लूएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १२:३७ बजे अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नामक सानो बस्तीको दक्षिणमा गएको थियो । स्यान्ड पोइन्टमा करिब ६०० जनाको जनसङ्ख्या रहेको छ । 

अलास्का भूकम्प केन्द्रका अनुसार यो कम्पन अनक्रेज शहरसम्म महसुस गरिएको थियो, जुन घटनास्थलदेखि करिब ९६६ किमि टाढा पर्छ । सुरुमा नेसनल सुनामी वार्निङ सेन्टरले होमरदेखि युनिक पाससम्मको लगभग १,१२६ किमि दूरीको क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको थियो । उक्त क्षेत्रमा पर्ने कोडियाक जस्ता केही ठुला समुदायहरू पनि समावेश थिए, जहाँ करिब ५,२०० जनसङ्ख्या छ ।

तर, भूकम्प गएको एक घण्टाभित्रै अलास्काको आपत्कालीन व्यवस्थापन विभागले कुनै क्षतिको रिपोर्ट प्राप्त नभएको जनाएको छ । त्यसपछि चेतावनीलाई एडभाइजरीमा झारिएको हो । अन्ततः दिउँसो २:४५ बजेभित्रै चेतावनी पूर्ण रूपमा रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।