‘चमेलीको पोइ’को फष्टलुक्स सार्वजनिक

काठमाडौँ, ३२ असार । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’ आगामी चैत्र १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

आज निर्माण युनिटले फिल्मको तीन पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मको फष्टलुक्समा अभिनेता मुकुन भुषाल र अभिनेत्री सुरक्षा पन्त श्रीमान् श्रीमतीको रूपमा देखिएका छन् । पोष्टरमा मुकुनलाई सुरक्षाबाट पीडित समेत देखाइएको छ ।

एभरेस्ट सूर्य बोहरा फिल्मस् र धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मका निर्माता सुनिता सापकोटा, राम नारायण उपाध्याय हुन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन मगर, उमेश राई, रजनी गुरुङ, कपिल आचार्य, सुनिता सापकोटा, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आर. एल. शाही, रितु मल्ल ठकुरी, अनार रत्न बज्राचार्य, विन्दु बज्राचार्य, प्रदीप सापकोटा, मीरा गौतम, अनिल गुरुङ, गोपीमाया थुलुङ राईलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने