शीर्ष डिभिजन लिगको नयाँ लोगो डिजाइन गर्न आवेदन आह्वान

काठमाडौँ, ३१ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शीर्ष डिभिजन लिगको नयाँ लोगो डिजाइन गर्न आवेदन आह्वान गरेको छ ।

आज एन्फाले सूचना जारी गर्दै नयाँ लोगो डिजाइन गर्न आवेदन खुला गरेको जनाएको हो । एन्फाको यस वर्षको क्यालेन्डरअनुसार, शीर्ष डिभिजन लिग आगामी पुसदेखि जेठ ३१ गतेसम्म हुने तालिका छ । 

एन्फाका अनुसार, लोगोमा फुटबलको भावना, राष्ट्रप्रेम र सहिदहरूप्रतिको सम्मान झल्किएको हुनुपर्नेछ । एन्फाले उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ३५ हजार रुपैयाँबाट पुरस्कृत गर्नेछ । डिजाइनरहरूका निम्ति डिजाइन बुझाउने अन्तिम मिति भदौ १५ गते (अगष्ट ३०, २०२५) तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा