‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक

काठमाडौँ, ३१ असार । विजय बरालको शीर्ष भूमिका रहेको फिलम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ ।

विवाहको दृश्यसँगै सुरु हुने टिजरमा मुख्य पात्रको दक्षिण कोरिया जाने सपनालाई चित्रण गरिएको छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।

टिजरमा फिल्मका मुख्य अभिनेता विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देखाइएको छ । यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।

यो फिल्म भदौ ६ गते प्रदर्शन तयारीमा छ । निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने छन् । कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व