काठमाडौँ, २९ असार । सामाजिक सद्भाव भड्काउने बताउँदै राष्ट्रिय लोकसंचारकर्मी नेपालले ३ गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’, राजकुमार वली-अस्मिता थापा -लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’ गीतविरुद्ध संस्थाले उजुरी दिएको हो ।
आइतबार अपरान्ह संस्थाका पदाधिकारीले ब्युरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको हाउभाउले सामाजिक सद्भाव भड्काउन समेत उजुरीमा उल्लेख छ ।





