त्रिवि सभा सदस्यमा निर्वाचन प्रक्रियाबाट विद्यार्थी चयन गर्न १६ क्याम्पसका अध्यक्षहरूको माग

काठमाडौँ, २८ असार । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिहरूले त्रिवि सभामा हुने विद्यार्थी प्रतिनिधित्व मनोनयनको सट्टा निर्वाचनबाट हुनुपर्ने माग गरेका छन् । 

उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनले आफूखुसी प्रतिनिधि मनोनयन गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन् । माग पूरा नभए कानुनी तथा आन्दोलनको बाटोमा जाने चेतावनी दिएका छन् ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका गोविन्द कोइराला, भक्तपुर बहुमुखी क्याम्पसका पुकार पराजुली, पद्मकन्या बहुमुखी क्याम्पसका भूपी ऐर र जनप्रशासन क्याम्पसका अनिकेत तिवारी लगायत १६ वटा क्याम्पसका स्ववियु अध्यक्षहरूले विज्ञप्ति जारी गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्