एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई नगद पुरस्कार दिने क्यानको घोषणा

काठमाडौँ, २७ असार । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘मलेसियामा संचालन भएको एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गरी विजयी हुन सफल नेपाली यु-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही पचास हजारका दरले हौसला स्वरुप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउन चाहन्छु’ क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो । नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा