मस्कले ल्याए ‘एक्सएआई’को नयाँ मोडल

क्यालिफोर्निया, २६ असार । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले बिहीबार आफ्नो एआई स्टार्टअप ‘एक्सएआई’को नयाँ मोडेल ‘ग्रिक ४’ सार्वजनिक गरेका छन् ।

यसलाई ओपनएआई र गुगल जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्ने दिशामा ठुलो कदम मानिएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कको एआई प्रणालीले यहुदी विरोधी र हिटलरको प्रशंसा गर्ने जवाफ दिएपछि विवाद उत्पन्न भएको समयमा यो मोडल आएको हो । 

मस्कले बिहीबार राति लाइभस्ट्रिममा ग्रिक ४ को घोषणा गरेका थिए । यो मोडेलसँग शैक्षिक विषयहरूमा पीएचडी भन्दा राम्रो भएको र सबै विषयहरूमा स्नातकोत्तर स्तर ज्ञान भएको उनले बताए । ‘ग्रिक ४ हरेक विषयमा स्नातकोत्तर स्तरमा छ । कुनै अपवाद छैन,’ मस्कले भनेका थिए । 

प्रयोगकर्ताहरूले प्रति महिना ३० डलरको सदस्यता लिएर वेबसाइट वा एप मार्फत ग्रोक ४ चलाउन सक्नेछन् । यसको ठुलो संस्करण ग्रिक ४ हेभीको मूल्य प्रति महिना ३०० डलर छ । वर्षको अन्त्यसम्ममा एक्सएआईले कोडिङ र भिडियो उत्पादन जस्ता कार्यका लागि विशेष मोडेलहरू प्रस्तुत गर्ने पनि मस्कले बताएका छन् । एआई सत्य पत्ता लगाउन अनुकूलित हुनुपर्छ र यो इमानदार र नैतिक हुनुपर्ने पनि मस्कले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।