टी-२० विश्वकप छनोटमा नेपालको खेलतालिका

काठमाडौँ, २६ असार । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ ।

नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।

यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन् । समूह १ मा युएई, मलेसिया र कतार छन्। समूह २ मा नेपाल, कुवेत र जापान छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्नेछ । दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुनेछ । समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ ।

समूह चरणको पूरा खेल तालिका:

अक्टोबर ८ – ओमान भर्सेस् सामोआ
अक्टोबर ८ – युएई भर्सेस् कतार
अक्टोबर ८ – नेपाल भर्सेस् कुवेत

अक्टोबर ९ – मलेसिया भर्सेस् कतार
अक्टोबर ९ – कुवेत भर्सेस् जापान
अक्टोबर ९ – पपुवा न्यूगिनी भर्सेस् सामोआ

अक्टोबर १० – युएई भर्सेस् मलेसिया
अक्टोबर १० – नेपाल भर्सेस् जापान
अक्टोबर १० – ओमान भर्सेस् पपुवा न्यूगिनी

सुपर सिक्स चरणको खेल तालिका यसप्रकार छ:

अक्टोबर १२ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १२ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली
अक्टोबर १२ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को दोस्रो टोली

अक्टोबर १३ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १३ – समूह २ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली

अक्टोबर १५ – समूह २ को दोस्रो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १५ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १५ – समूह ३ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली

अक्टोबर १६ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को दोस्रो टोली
अक्टोबर १६ – समूह १ को दोस्रो टोली भर्सेस् समूह ३ को दोस्रो टोली

अक्टोबर १७ – समूह २ को दोस्रो टोली भर्सेस् समूह ३ को पहिलो टोली
अक्टोबर १७ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को पहिलो टोली

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा