ब्राजिलमाथि ५० प्रतिशत आयत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलबाट अमेरिका पठाइने उत्पादनहरूमा सन् २०२५ अगस्ट १ बाट ५० प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन् ।

उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पठाएको पत्रमार्फत यस्तो जानकारी दिएका हुन्।

ट्रम्पको भनाइ अनुसार, यो शुल्क अन्य क्षेत्रगत भन्सार शुल्कभन्दा अलग हुनेछ। उनले ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोलाई पनि आफ्नो समर्थन दोहोर्‍याएका छन् ।

साथै, ट्रम्पले ब्राजिलसहितको ‘ब्रिक्स’ समूहप्रति पनि आलोचनात्मक टिप्पणी गरेका छन् । यसअघि पनि ट्रम्पले अगस्ट १ देखि लागू हुने गरी विभिन्न मुलुकहरूमा थप आयात कर लगाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन