काठमाडौँ, २५ असार । गायक तथा पफर्मर दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । ‘जाने भए जाम’बोलको गीत उनले आज सार्वजनिक गरेका हुन् ।
गीतमा दुर्गेशसँगै सिसन बानियाँ र अल्हाजी गेरोको स्वर छ । शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको छ । हरि हुमागाईंले खिचेको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन् । भिडियो निर्देशन शिव विकले गरेका छन् ।
भिडियोमा गुरास नानी, गायकत्रय दुर्गेश, सिसन र अल्हाजी फिचर्ड छन् ।





