रामहरि खतिवडाको प्रश्न- संसद्‌मा खसेको ड्रोन कहाँबाट आयो ?

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको बताउँदै त्यसबारे सोधखोज गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले गत २३ गते बेलुकी ९ देखि साढे ९ बजेको समयमा संसद् भवनको बायाँपट्टिको स्थानमा ड्रोन खसेको बताए ।

उनले भने, ‘२०८२ साल असार २३ गते बेलुकी ९ बजेदेखि साढे ९ बजेको समयमा यही संसद्को बायाँपट्टि एउटा ठूलो ड्रोन आएर खस्यो भन्ने समाचार प्राप्त भयो’ ‘कहाँबाट आएको थियो ड्रोन ? के का लागि आएको थियो ? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो वा पाएन ?’

ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भइरहेको बेलामा उक्त विषय गम्भीर रहेको सांसद खतिवडाको भनाइ थियो । ‘यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने कामहरू भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि भइरहेको बेला यस्तो गम्भीर चासोको विषयमा के भएको हो ?,’ खतिवडाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । तनहुँको म्याग्दे गाउँपालिका–७ माझिलाङलाई कोदोको पकेट क्षेत्रको रूपमा विकास गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले 

काठमाडौँ, २४ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २४ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध एक लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार

काठमाडौँ, २४ साउन । नेपाल राष्ट्र बैङ्कले आज शनिबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange