देशभरका हललाई बक्सअफिस तथ्यांक उपलब्ध गराउन बोर्डको निर्देशन

काठमाडौँ, २५ असार । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्यरुपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ ।

देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्यांक उपलब्ध नगराउने हललाई कानूनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कार्वाह गर्ने चेतावनी समेत दिएको छ ।

असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली संचालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको हो । अध्यक्ष दिनेश डीसीले देशभरका हललाई सचेत पत्र काटिएको बताए ।

बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र संघलाई समेत पत्र लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने

काठमाडौँ, २ असोज । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने