आलियाको खाताबाट पैसा निकालेको आरोपमा पूर्व पीए पक्राउ

नयाँ दिल्ली, २५ असार । बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई पक्राउ गरिएको छ ।

आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ । यो मुद्दा जुहू प्रहरीले दर्ता गरेको हो । यसमाथि अनुसन्धान भइरहेको छ । हाल आलिया भट्ट वा उनको टोलीले यस विषयमा कुनै बयान जारी गरेको छैन । 

वेदिका शेट्टीलाई आलिया भट्टको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्राइभेट लिमिटेड’ र आलियाको व्यक्तिगत खाताबाट पैसा निकालेको आरोपमा पक्राउ गरिएको हो । मिडिया रिपोर्टका अनुसार शेट्टीले यी दुवै खाताबाट अवैध रूपमा ७७ लाख रुपैयाँभन्दा बढी रकम झिकेकी छिन् । यस मुद्दामा अनुसन्धान भइरहेको र थप विवरण आउन सक्ने बताइएको छ । 

प्रहरीले केही महिनाअघि आलियाकी आमा सोनी राजदानको उजुरीमा यो मुद्दा दर्ता गरेको थियो । लगभग ५ महिनापछि आरोपीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा पेस गरिएको छ । वेदिकामाथि आलियाको नक्कली हस्ताक्षर गरेर दुई वर्षमा ७७ लाख चोरेको  आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि