वासिङ्टन डीसी, २५ असार । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले ‘अमेरिका पार्टी’ नामको नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आफ्नो पार्टीको सबैभन्दा ठुलो प्राथमिकता जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइलहरू बाहिर ल्याउनु भएको उनले भनेका छन् ।
ट्रम्पले जेफ्री एप्स्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्दैनन् भने मानिसहरूले उनलाई कसरी विश्वास गर्ने ? भन्दै उनले राष्ट्रपतिलाई प्रश्न गर्दै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट लेखेका थिए ।
अर्काे पोस्टमा मस्कले ट्रम्प सरकारको खिल्ली उडाउँदै लेखेका छन्– ‘अहिले कति जनालाई पक्राउ गरिएको छ ? हेर, फेरि कोही पनि पक्राउ नपरेको समय आएको छ ।’
यस पोस्टमा उनले एउटा फोटो सेयर गरेका थिए । यसमा ‘आधिकारिक जेफ्री एप्स्टिन पेडोफाइल अरेस्ट काउन्टर’ लेखिएको थियो । मस्कले अहिलेसम्म नयाँ पार्टीको नीतिगत प्लेटफर्मको औपचारिक खाँका दिएका छैनन् ।







