राष्ट्र बैंकको अनुमतिमा अस्ट्रेलियामा ‘युनाइेटड पे रेमिट’

सिड्नी, २४ असार । अस्ट्रेलियामा हुन्डीको बिगबिगी भैरहेको अवस्थामा नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिएर नेपालमा सुरक्षित तबरले पैसा पठाउने अभियान प्रारम्भ हुन थालेको छ ।

यसै क्रममा नेपाल राष्ट्र बैंकमा दर्ता भएर अस्ट्रेलियाबाट पैसा पठाउने अनुमति पाएको गुडविल रेमिट प्रा.लि अन्तर्गतको युनाइटेड पे रेमिटले आफ्नो सेवा प्रारम्भ गर्ने भएको छ ।

अस्ट्रेलियामा लगभग तीन लाख नेपाली बसोबास गर्दै आएको र त्यसमध्ये पनि ८० हजारको हाराहारीमा नेपाली विद्यार्थी अध्यनरत रहेको अवस्थामा दिनहुँ करौडौँ रुपैयाँ नेपाल जाने गर्दछ । तर, त्यसमध्ये नगन्य प्रतिशत मात्र राष्ट्र बैंकको मातहतमा रहेर नेपाल पुग्ने गर्दछ भने अरु सबै हुन्डीमार्फत नेपाल पुग्ने गर्दछ । 

यसरी नेपाल सरकारअन्तर्गत राष्ट्र बैंकको सम्बन्धन लिएर बजारमा आएको युनाइटेड पे रेमिटले आउँदो आइतबारदेखि आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालन गर्न लागेको हो । युनाइटेड पे रेमिटको आधिकारिक सुरुआतका लागि शनिबार यसका ब्रान्ड एम्बेसडर क्याप्टेन विजय लामा सिड्नी आइपुग्ने युनाइटेड पे रेमिट अस्ट्रेलियाका प्रमुख शुसील पोखरेलले जानकारी गराए ।

हुन्डीको जालोले बेरिएको अस्ट्रेलियामा सरकारी बाटो भएर नेपाल पैसा पठाउने यस्ता रेमिटहरूको टड्कारो आवश्यकता रहेको बेला युनाइटेडले आफनो बजार बिस्तार गर्नेक्रममा अस्ट्रेलियालाई प्राथमिकतामा राख्दै कार्यालय खोलेको पोखरेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन