आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडौँ, २३ असार । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ ।

वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् । पाकिस्तान चौथो स्थानमा उक्लिएको छ । यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो । श्रीलङ्का भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ ।

बङ्गलादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ । वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ । अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको