राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

काठमाडौँ, २१ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अरू क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् ।

आज काठमाडौँमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको राजनीति विकृत भइसकेको उल्लेख गरे ।

उनले फोहोर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए । राजनीति ठिक भएपछि ऐन, कानुन र संविधानमा सुधार गर्न सकिने उनको भनाइ थियो ।

नेता भट्टराईले शिक्षाबाट निजी क्षेत्रलाई अलग गर्न नसकिने बताए । निजी क्षेत्रसँग मिलेर शिक्षाको सुधार गरिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव