रुसद्वारा युक्रेनमा ५३९ ड्रोन, ११ क्षेप्यास्त्र प्रहार

किभ, २१ असार । युक्रेनको राजधानी किभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

युक्रेनका अनुसार रुसले शुक्रबार किभमा ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गरेको थियो। राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको थियो।

पुटिनसँगको कुराकानीपछि ट्रम्पले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न नचाहेकोमा आफू निराश भएको बताए। यता, रुसले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनसँगको युद्ध जारी रहने बताएको छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन्। उनले भने, ‘रुसले फेरि एक पटक युद्ध अन्त्य गर्न चाहँदैन भन्ने देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार