काठमाडौँ, २० असार । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा ईडीको अनुसन्धान र कारबाही जारी रहने भएको छ ।
दिल्ली उच्च अदालतले बिहीबार ईडीको एफआईआर रद्द गर्न माग गर्दै अभिनेत्रीले हालेको निवेदन खारेज गरेको छ । ईडीले ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा एफआईआर दर्ता गरेको छ । यो मुद्दामा ज्याकलिन पनि अभियुक्त हुन् ।
तिहाड जेलमा रहँदा सुकेशले र्यानब्याक्सीका पूर्व प्रमोटर शिविंदर सिंह र मालविंदर सिंहलाई जेलबाट निकाल्ने वाचा गरेर २०० करोडभन्दा बढी ठगेका थिए ।
उनी आफूलाई कहिले प्रधानमन्त्री कार्यालय र कहिले गृह मन्त्रालयको अधिकारीको रूपमा परिचय गराउँथे । तिहाड जेलका धेरै अधिकारीहरू समेत उनको यस ठगीमा संलग्न थिए । सुकेशले ती सबैलाई ठुलो रकम दिने गर्थे। यसपछि, प्रवर्तन निर्देशनालय (ईडी)ले सुकेश विरुद्ध मनी लान्ड्रिङको मुद्दा दर्ता गर्यो ।