ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

एजेन्सी, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन् । 

ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे पनि युद्धविरामबारे कुनै प्रगति हुन नसकेको बताएका छन् ।
 
“हामीले फोनमा निकै लामो कुराकानी गर्‍यौँ । हामीले इरानलगायत धेरै कुरा गर्‍यौँ,” ट्रम्पले पत्रकाहरूसँग भने, “युक्रेनसँगको युद्धबारे पनि कुरा भयो । तर म यसबाट खुसी हुन सकिनँ ।”

पुटिनका सहयोगी युरी उसाकोभले ट्रम्पले तत्काल युद्धविरामका लागि गरेको प्रस्तावमा पुटिनले सहमति नजनाएको बताए ।रुसी राष्ट्रपति पुटिनले रुसले द्वन्द्वमा आफ्नो निर्दिष्ट उद्देश्यहरू पूरा गर्ने र वार्तामार्फत द्वन्द्वको राजनीतिक समाधान खोजिरहने उसाकोभले बताए । एनबीसी न्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन