चलचित्र ‘चित्रा’ ४३ भाषामा सबटाइटलसहित अमेजन प्राइम भिडियोमा

काठमाडौँ, १८ असार । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले अमेजन प्राइम भिडियोमा हेर्नसक्ने भएका छन् । 

विसं २०८० सालको पुस २७ गते नेपालमा हलमा सार्वजनिक प्रदर्शनमा आएको यो अहिले अमेजन प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ । 

निर्देशक लामिछानेले भने, “अहिले यो चलचित्र विश्वभरका धेरै देशमा हेर्न सकिन्छ,” “चलचित्रको हिन्दी डब संस्करणलाई रिलिज वर्डले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । अहिले यो चलचित्र ४३ भाषामा सबटाइटल रिलिज भएको छ ।”

रिलिज वर्डले ४३ भाषामा सबटाइटल गरेको उनले बताए । चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्कालगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि