महिला एशियन कपको छनोट : नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौँ, १८ असार । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा श्रीलङ्का एक सय ५९औं स्थानमा छ । गएको आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने श्रीलङ्का उज्वेकिस्तानसँग १०–० गोलले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको