विद्या भट्टराईको प्रश्न-समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो ?

काठमाडौँ, १६ असार । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक किन रोकियो भन्दै प्रश्न गरेकी छन् ।

आज सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा बोल्दै समिति र सरकार तयार भएको बेला विधेयक रोकिएको भन्दै प्रश्न गरेकी हुन् । 

उनले भनिन्, “म कतै विधेयक ल्याउन बाधक भए कि भनेर राजीनामा दिएर आएको मान्छे हुँ,”, “समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो । यसरी रोक्दा सरकार र मन्त्रीकै अवमूल्यन भयो ।”

सांसद भट्टराईले सरोकारवाला पक्षहरू धेरै रहेको भन्दै तिनीहरू सबैले आफ्नो विषयमा लभिङ गर्न खाजे भने के गर्ने भन्दै अर्को प्रश्न गरिन् । प्रश्न गर्दै भनिन्, “शिक्षक कर्मचारीका धेरै माग/मुद्दाहरू छुटाएर अघि बढेका छौँ । यो शिक्षा विधेयक ल्याउने नियत हो ?” “सरकार कि मस्यौदामा उभिनु पर्‍यो कि प्रतिवेदनमा उभिनु पर्‍यो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ २० र २१ गते काठमाडौंमा

काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको

काठमाडौँ, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट