विद्या भट्टराईको प्रश्न-समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो ?

काठमाडौँ, १६ असार । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक किन रोकियो भन्दै प्रश्न गरेकी छन् ।

आज सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा बोल्दै समिति र सरकार तयार भएको बेला विधेयक रोकिएको भन्दै प्रश्न गरेकी हुन् । 

उनले भनिन्, “म कतै विधेयक ल्याउन बाधक भए कि भनेर राजीनामा दिएर आएको मान्छे हुँ,”, “समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो । यसरी रोक्दा सरकार र मन्त्रीकै अवमूल्यन भयो ।”

सांसद भट्टराईले सरोकारवाला पक्षहरू धेरै रहेको भन्दै तिनीहरू सबैले आफ्नो विषयमा लभिङ गर्न खाजे भने के गर्ने भन्दै अर्को प्रश्न गरिन् । प्रश्न गर्दै भनिन्, “शिक्षक कर्मचारीका धेरै माग/मुद्दाहरू छुटाएर अघि बढेका छौँ । यो शिक्षा विधेयक ल्याउने नियत हो ?” “सरकार कि मस्यौदामा उभिनु पर्‍यो कि प्रतिवेदनमा उभिनु पर्‍यो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्