काठमाडौँ, १५ असार । फिल्म ‘बाटुलो जुन’को पोस्टर सार्वजनिक गरिएको छ ।
भुवन केसीले आगामी निर्देशकीय फिल्म ‘बाटुलो जुन’को छायांकन शनिबार धादिङको नौबिसेस्थित काउलेबाट थालेका छन् । अबको ५० दिनसम्म यो सोसल ड्रामा फिल्मको छायांकन पोखरा, रुकुम लगायतका पश्चिम पहाडी जिल्लामा हुने जानकारी उनले दिए ।
छायांकन सुरु भएको दिन शनिबार यो फिल्मको टिजर पोस्टर सार्वजनिक गरिएको छ जहाँ डेब्यु गर्ल प्रिन्सी खतिवडा र अभिनेता अनमोल केसीलाई चित्रण गरिएको छ ।
पहिलो चरणमा केही दिन मात्र फिल्मको छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी छ । सनराइज प्रालिको ब्यानरमा जिया केसीको लगानीमा बन्ने फिल्मको बजेट २५ लाख बताइएको छ ।






