अमेरिकामा जन्मसिद्ध नागरिकता अन्त्यको बाटो खुल्यो

वासिङ्टन डिसी, १४ असार । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठुलो कानुनी जित दिलाएको छ।

ह्वाइट हाउसको ब्रिफिङ कक्षमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो निर्णयलाई ‘धेरै ठुलो र अद्भुत’ भनेका छन्। उनले यो फैसला संविधान, शक्तिको पृथकीकरण र कानुनको शासनका लागि ‘ऐतिहासिक विजय’ भएको बताए।

यो फैसलाले ट्रम्पको चर्चित जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आदेश मात्र होइन, उनका अरू धेरै नीतिहरूलाई समेत कार्यान्वयन गर्ने बाटो खोलेको छ, जुन हालसम्म तल्लो अदालतहरूले अस्थायी रूपमा रोक लगाएका थिए।

सर्वोच्च अदालतको निर्णयअनुसार ट्रम्प प्रशासनले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा अन्त्य गर्ने कार्यकारी आदेश अब एक महिनापछि कार्यान्वयनमा जान पाउनेछ । यद्यपि यदि कुनै व्यक्तिले मुद्दा हाल्ने कानुनी हैसियत राख्छ भने अदालतले अझै तल्लो अदालतहरूलाई उक्त निर्णयको प्रभाव सीमित गर्न सक्ने छुट दिएको छ ।

तर व्यवहारिक रूपमा भने यो कार्यान्वयन सजिलो हुनेछैन। किनभने अमेरिकी राज्यहरूले नै जन्मको प्रमाणपत्रहरू बनाउने काम गर्छन्, र धेरैजसो राज्यले बाबुआमाको नागरिकता विवरण सङ्कलन गर्दैनन्। विशेष गरी डेमोक्र्याटहरूको नेतृत्वमा रहेका राज्य सरकारहरू ट्रम्प प्रशासनको आदेश कार्यान्वयन गर्न हतारिने सम्भावना छैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन