शिक्षा विधेयकमा दुई विवादित विषयमा सहमति

काठमाडौँ, १४ असार ।प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलक्रममा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकका दुई विवादित विषयमा सहमति जुटाएको छ । 

शुक्रबार बसेको समितिको बैठकले पूर्वप्राथमिक शिक्षा (इसिडी) र निजी तथा संस्थागत विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धमा सहमति जुटाएको हो । सहमति अनुसार अब इसिडी दुई वर्षको रहने छ । यसअघि सामुदायिक र निजी विद्यालयमा इसिडीको अवधि फरक फरक रहेको थियो । बैठकले पूर्वप्राथमिक शिक्षा भन्नाले आधारभूत तहको कक्षा १ मा भर्ना हुनुअघि दिइने शिक्षालाई मानेको छ । समितिले जुटाएको सहमतिमा भनिएको छ, “कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउने छैनन् ।” 

त्यस्तै निजी विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धमा पनि समितिमा सहमति जुटेको छ । सहमति अनुसार निजी विद्यालय सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक हुने गरी सञ्चालन हुने छ । 

हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतिस्पर्धाबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरहद नलाग्ने प्रावधानमा सहमति जुटाएको छ । 

शुक्रबार बसेको समितिको बैठकमा भने सदस्यहरूले निजी विद्यालयलाई निश्चित अवधि तोकेर शैक्षिक गुठीमा लैजानैपर्ने र लैजान नहुने पक्षमा मत राखेका थिए । पछिल्लो सहमति अनुसार निजी विद्यालयलाई अब कम्पनी कानुन अन्तर्गत सञ्चालन गर्न सकिने छ । तर यस्ता विद्यालय सार्वजनिक शैक्षिक गुठीमा जान चाहेमा विभिन्न छुट दिने प्रस्ताव पनि समितिले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ