गाजामा इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु

गाजापट्टी, १३ असार । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको एक डाक्टर र प्रत्यक्षदर्शीले बीबीसीलाई बताएका छन् ।

हमास प्रहरी एकाइले बजार नियन्त्रण गर्न खोज्दा मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा आक्रमण भएको थियो । प्रत्यक्षदर्शीका अनुसार ड्रोनले सादा पोसाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेको थियो ।

उनीहरू ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप लगाइएका पसलेहरूसँग कुरा गरिरहेका थिए । हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । इजरायलले सार्वजनिक व्यवस्था कायम राख्ने प्रहरी एकाइमाथि आक्रमण गरेर अपराध गरेको उसले बताएको छ ।

बीबीसीले इजरायली सेनाबाट प्रतिक्रिया मागेको तर यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन