शिक्षामा वर्ग निर्माण अन्त्य गर्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ, १२ असार । नेकपा (एमाले) की सांसद एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संविधानको मर्म र भावना विपरीत जान नसक्ने बताएकी छन् । 

आज शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको व्यवस्थापनका विषयमा धारणा राख्दै उनले विधेयकले शिक्षामा वर्ग निर्माण गर्ने हालको अभ्यासलाई अन्त्य गर्दै सबै विद्यार्थीलाई समान हैसियत प्रदान गर्नुपर्नेमा जोड दिइन् । 

संविधानले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्थालाई कार्यान्वयन गर्नु नै विधेयकको मुख्य ध्येय हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको स्पष्ट व्यवस्था गरेको छ, ’हामीले बनाउने कानुन यही मर्म र भावनालाई कार्यान्वयन गर्नका लागि हो, यसको विपरीत जान मिल्दैन ।’

उनले सरकार र समिति यो स्पिरिटभन्दा बाहिर जाने वा यसलाई सम्बोधन गर्ने भन्नेमा स्पष्ट हुनुपर्ने धारणा राखिन् । उनले शिक्षा व्यापार वा वस्तु नभई सेवा भएको बताउँदै हालको शिक्षा प्रणालीले गरिरहेको “वर्ग निर्माण“ लाई विधेयकले अन्त्य गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘विद्यालयको गेटभित्र पस्दा सबै विद्यार्थीले समान महसुस गर्नुपर्छ, हाम्रो कानुनले त्यो सुनिश्चित गर्नुपर्छ,’।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा