काठमाडौँ, १२ असार । फिल्म ‘घोस्टेल’ निर्माण घोषणा गरिएको छ ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।
सार्वजनिक पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ लेखिएको छ । न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । फिल्मको कथा सुयोग गुरुङको नै हो । फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् ।





