लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

काठमाडौँ, १२ असार । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

लुम्बिनीले राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरेको हो । रोहित टोलीका मार्की खेलाडी र कप्तान पनि हुन् ।

यस्तै लुम्बिनीले सूर्य तामाङ, आशुतोष घिरैया, अर्जुन साउद, विकास आग्री, आरिफ खान र दुर्गेश गुप्तालाई रिलिज गरेको छ ।

यसअघि सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा