काठमाडौँ, १२ असार । गायिका एलिना चौहानले आफूले गरेको पोष्टमा कमेन्टको अत्याचार धेरै भएको बताएकी छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले फेसबुकमा लेखेकी छन्,’कमेन्टको अत्याचार धेरै भयो । पालैपालो पोष्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइजा है ।’
विष्णु सापकोटालाई लिएर सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्ने गरिएपछि एलिनाले उक्त कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्ने बताएकी हुन् ।
यसअघि गायिका समीक्षा अधिकारीले पनि नकारात्मक कमेन्ट गर्नेलाई सार्वजनिक गरेकी थिइन् ।






