इरानको फोर्दो परमाणु परिसर निष्क्रिय भएको इजरायलको दाबी

एजेन्सी, १२ असार । इजरायलले अमेरिकी हमलाहरूपछि इरानको फोर्दो परमाणु परिसर निष्क्रिय भएको दाबी गरेको छ ।  

इजरायल सरकारको परमाणु संस्थाले अमेरिका र इजरायलका हमलाहरूका कारण फोर्दो परमाणु परिसर पूर्णरूपमा निष्क्रिय भएको बताएको हो ।  

इजरायल एटमिक एनर्जी कमिसन (आएईसी)ले भन्यो, “हमलाहरूले परिसरका आधारभूत संरचनाहरूलाई ध्वस्त पारेको छ । अमेरिकी र इजरायली हमलाहरूका कारण इरानको परमाणु हतियार विकास गर्ने क्षमता धेरै वर्ष पछाडि धकेलिएको छ ।”  

आएईसीले भन्यो, “इरानको परमाणु सामग्रीमा पहुँच नभएमा यो उपलब्धि अनिश्चितकालसम्म कायम रहनसक्छ ।” यद्यपि, इरानको परमाणु प्रतिष्ठानहरूमा भएको हमलाबारे पेन्टागनको चुहिएको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनमा इरानको परमाणु कार्यक्रम नष्ट नभएको र सम्भवतः यो अधिकतम केही महिनामात्र पछाडि धकेलिएको दाबी गरिएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे सीएनएन र न्यूयोर्क टाइम्सले झुटो समाचार फैलाइरहेका आरोप लगाएका छन् । फक्सन्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन