एसीसी यू–१६ इस्ट जोन कपः नेपालको लगातार दोस्रो जित

काठमाडौँ, १० असार । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित निकालेको छ । 

आज मलेसियाको जाफर ओभरमा जापानले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

नेपालका लागि शिवान्स बजगाइले सर्वाधिक ३८ रन बनाए । त्यस्तै प्रसिद्ध जैशीले ३३ रन बनाए । जापानका लागि कैशी कोबायासी दोगेटले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको