नेपाललाई सिङ्गापुरले दियो १ सय ३९ रनको लक्ष्य

काठमाडौँ, ८ असार । मलेसिया आजदेखि शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा सिङ्गापुरले नेपाललाई एक सय ३९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर एक बलमा एक सय ३८ रनमा अलआउट भयो ।

सिङ्गापुरका कप्तान रियान नाइकले सर्वाधिक ५३ रन र आहान वुथान्डमले ३८ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले चार विकेट लिए । यस्तै सचिन भट्टले तीन, अभय यादव र शुभम खनालले समान एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।

१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको