प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटियो : अध्ययन

एजेन्सी, ७ असार । प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटिएको एक अध्ययनले दाबी गरेको छ ।

सिसाका बोतलमा बिक्री हुने पानी, सोडा, जाँडरक्सीजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले हिजो सार्वजनिक गरेको एक अध्ययनले देखाएको हो ।

यो नतिजालाई आश्चर्यजनक मानिएको छ । साथै भविष्यमा यसबारे थप अनुसन्धान हुने अपेक्षा गरिएको छ ।अनुसन्धानकर्ताहरुले विश्वभर प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताउँदै आएका छन् ।

फ्रान्सेली खाद्य सुरक्षा निकायका अनुसन्धान निर्देशक गुइलाम डुफ्लोसले नरम पेय पदार्थ, लेमोनेड, बियर तथा वाइनको ग्लासका बोतलमा प्रतिलिटर औसत एक सय माइक्रोप्लास्टिक कण फेला पारेका बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो प्लास्टिकका बोतल वा धातुका डिब्बामा फेला परेको दरभन्दा पाँचदेखि ५० गुणाले धेरै हो । सार्वजनिक भएको पछिल्लो यो अध्ययन गएको महिना ‘जर्नल अफ फुड कम्पोजिसन एन्ड एनालिसिस’मा प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।