एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ, ६ असार । यहि जुन २२ देखि मलेसियामा सुरु हुने एसीसी यू-१६ इस्ट जोन कप खेल्न जाने नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

आज नेपाल क्रिकेट संघ (क्यान) मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा‌ बोल्दै क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले नेपाली टोली राम्रो र सन्तुलित रहेको उल्लेख गर्दै नेपाली टोलीलाई जितका लागि शुभकामना व्यक्त गरे । त्यस्तै प्रशिक्षक दिपेन्द्र बहादुर चन्दले तयारी राम्रो भएको बताए । एक महिनादेखि जिल्ला स्तरिय हुँदै राष्ट्रिय तहकै प्रतियोगिता हुनाले धेरै सहयोग पुगेको उनको भनाइ थियो ।

कप्तान बिपिन प्रसाद शर्माले पनि तयारी धेरै राम्रो भएको बताउँदै टिम एकदम सन्तुलित रहेको उल्लेख गरे । यसअघि भएको एसीसी यू-१६ इस्ट जोन कपमा पनि नेपाल विजेता भएको थियो ।

क्यानले प्रतियोगिताका लागि बिपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ । टिमको  उपकप्तानको रूपमा सुर्यान्शु कोइराला छन् भने अन्य खेलाडीमा शिवांश बजगाईं, परिमर्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साही पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको